‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कैलाश सिरोहिया पक्राउ: दोहोरो नागरिकता विवाददेखि हिरासतदेखि (भिडियोसहित)

यतिबेला सबैभन्दा चर्चित विषय हो कान्तिपुर पब्लिकेसन्सका अध्यक्ष समेत रहनुभएका व्यापारी कैलाश सिरोहियाको पक्राउ र यससँग जोडिएका घटनाहरू । 

मंगलबार काठमाडौँको थापाथलीस्थित कान्तिपुर कार्यालय परिसरमा कर्मचारी र सिरोहिया परिवारका सदस्यको नाराबाजीबीच कैलाश सिरोहिया पक्राउ पर्नुभयो । धनुषा जिल्ला अदालतको आदेशपछि  प्रहरीले पक्राउ पूर्जी जारी गरेर  कार्यालय परिसरबाटै  पक्राउ गरेको हो । सिरोहियालाई  राति नै धनुषा लगि अदालती प्रक्रिया अगाडि बढाइसकिएको छ ।  यो घटना कानुनी प्रक्रिया अनुरुपकै भएपनि  यसबाट सिर्जित चर्चा र विश्लेषणको ज्वारभाटाले  भने सर्वत्र तरंग ल्याइदिएको छ ।

 

 

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ७ : ४३ बजे