सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

नेप्से लगातार उकालोतिर, ५ अर्ब ६८ करोडको सेयर कारोबार

काठमाडौं ।  साताको चौथो दिन बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि  लगातार उकालो लागेको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो। नेप्से परिसूचक १५.५४ अंकले बढेर २१३१.४९ विन्दुमा कायम भएको छ।  मंगलबार नेप्से परिसूचक २३.९४ अंकले बढेको थियो।

दोहोरो अंकले बढेको बजारमा ३१८ स्क्रिप्सको १ करोड ४४ लाख १९ हजार ५२१ कित्ता सेयर ५ अर्ब ६८ करोड ७६ लाख८० हजार ९१२ रुपैयाँमा खरिदबिक्री भए। साताको पहिलो कारोबार दिन आइतबार ५ अर्ब २५ करोड र सोमबार ५ अर्ब ८५ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  ३ : ४२ बजे