‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

अदालती प्रक्रियामा बढ्ता होहल्ला गर्न जरुरी छैन : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कैलाश सिरोहियासँग आफ्नो कुनै रिसइवी नरहेको बताउनुभएकाे छ ।

बुधबार बिहान चन्द्रागिरीमा भएको कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले उहाँसँग कुनै रिसइवी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताउनुभयाे ।

उहाँले भन्नुभयाे –

'सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के हो रिसइबी ? अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।'

प्रकाशित मिति : ९ जेष्ठ २०८१, बुधबार  १२ : ३२ बजे