‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

गृहमन्त्री रवि लामिछानेको ८० तोला सुन, अरू सम्पत्ति कति ?

काठमाडौं । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ ।

जसमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सम्पत्ति विवरण सार्वजनिक गरेको सम्पत्ति विवरणमा भक्तपुरमा १ रोपनी १ आना पैतृक सम्पत्ति देखाउनु भएको छ ।

यस्तै ग्लोबल आइएमई बैंकमा ५ हजार रुपैयाँ, नेपाल बैंक लिमिटेडमा १ लाख ५ हजार रुपैयाँ मात्र लामिछानेले आफ्नो सम्पत्ति देखाउनु भएको छ ।

यस्तै श्रीमती निकिता पौडेलको माइतीको सगोलमा १० रोपनी जग्गा, ८० तोला सुन, २० केजी चाँदी, गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्समा २५ प्रतिशत शेयर रहेको उल्लेख गरेका छन् ।

यस्तै घर किन्न १ करोड ५० लाख ऋण रहेको उल्लेख छ । यस्तै श्रीमती र आफ्नो आयबाट ४२ लाखमा किनेको टाटा नेक्सन इभी कार रहेको सम्पत्ति विवरण पेस गर्नुभएको छ ।

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ४ : ३२ बजे