‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

आफ्नो फाइल खेल्न सरकारलाई आरजुको चेतावनी

काठमाडौँ । नेपाली कांग्रेसकी सांसद डा. आरजु देउवाले आफ्नो बारेमा छानबिन गरेर देखाउन सरकारलाई चुनौती दिनुभएकाे छ ।

प्रतिनिधि सभाको बैठकपछि प्रतिक्रिया दिँदै आरजुले टिकापुरको जग्गा गएर हेर्न भन्दै आफूमाथिका सबै फाइल खोलेर छानबिन गर्न चुनौती दिनुभएकाे हाे ।

उहाँले भन्नुभयाे-  'जे जे छ सबै फाइल खोलेर देखाउनु । मैले टिकापुरमा ५० हजारमा किनेको हो । सबैले हेर्न सक्नुहुन्छ । सबै कागजात हेर्न सक्नुहुन्छ ।'

उहाँले कांग्रेसले जनताको कुरा उठाएको भन्दै सहकारी ठगी प्रकरण छानबिनबाट सरकार भागिरहेको बताउनुभयाे ।
  

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  २ : २३ बजे