‘एउटै नाउरको सिकार गर्न २३ लाख’

ट्रक र बस ठक्कर खाँदा भएको दुर्घटनामा २२ जना घाइते

कपिलवस्तु – बुद्धभूमि नगरपालिका-९ चम्पापुरस्थित सडकमा ना.४ ख ३१२ नम्बरको ट्रक र लु.१ ख ५६८४ नम्बरको बस एकआपसमा ठक्कर खाई मंगलबार बिहान दुर्घटना हुँदा ट्रक र बस चालक समेत २२ जना घाइते भएका छन् ।

सबै घाइतेहरूलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुटवलतर्फ पठाईएको छ । घाइते मध्ये ५ जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ६ : १४ बजे