‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कार्यदलको बैठक निष्कर्षविहीन

काठमाडौं । सहकारी ठगी सम्बन्धमा बनाइने संसदीय समितिको टीओआर बनाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन सकिएको छ ।

सत्ता पक्ष र प्रतिपक्ष दलको अडान यथावत भएकाले सहमति जुट्न नसक्दा बैठक निष्कर्षविहीन भएको हो ।

बैठकपछि बोल्दै कार्यदलमा सदस्य एवम् एमाले सचेतक महेश बर्तौलाले सहमतिबाट विषयहरूलाई टुंग्याउने र संसदको गतिरोध अन्त्य गर्ने सहमति भएको बताउनुभयाे । उहाँले संसद बैठकपछि फेरि कार्यदल बैठक बस्ने जानकारी दिनुभयाे ।

राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सहमतिको प्रयास भइरहेको बताउनुभयाे । उहाँले भन्न्भयाे, ‘ एकजना व्यक्तिलाई दोषी करार गरेर छानबिन समिति बन्नु हुँदैन भन्ने हो । यसबाट गलत नजिर बस्छ । समस्या भएका मुद्दाहरूलाई सम्बोधन गर्ने गरी सक्छौँ भन्ने लागेका छौँ ।’

 नेपाली कांग्रेसका जीवन परियारले गृहमन्त्रीमाथि संसदीय छानबिन हुनुपर्ने मागमा आफूहरू अडिग रहेको बताए । साथै, छानबिन समिति नबन्दासम्म संसद चल्न नसक्ने उहाँले बताउनुभयाे।

 

प्रकाशित मिति : ८ जेष्ठ २०८१, मंगलबार  ११ : ४४ बजे