‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

सिंहदरबार, पार्टी कार्यालय र नेताको घरको फोहोर उठ्दैन – बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार र पार्टी कार्यालयको फोहोर नउठ्ने बताएका छन् ।

सरकारले काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई नियन्त्रणमा लिएको भन्दै यस्तो चेतावनी दिएका हुन् । उनीहरुको स–सम्मान रिहाइको माग गर्दै मेयर शाहले भ्रष्टचारीलाई समात्न नसकेको भन्दै सरकारको आलोचना समेत गरेका छन् ।

यस्तै, जो–जो जुध्न आएपनि आफू पछि नहट्ने भन्दै कसैलाई बाँकी नछाड्ने समेत जनाएका छन् ।

उनले सामाजिक सञ्जालमा लेखेका छन् , "भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौँमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन् सिंहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो, आए हुन्छ, कसैलाई बाकिँ छोडिदैन!"

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ७ : १२ बजे