‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रधानमन्त्रीलाई कांग्रेसको जवाफ– जंगलबाट राजनीतिमा कसले ल्याएको हो बिर्सिनु भो ?

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई जंगलबाट राजनीतिक दलमा स्थापित गरेको स्मरण गराएको छ ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा कांगेसलाई चुनौती दिदै मुल्य चर्को पर्ने चेतावनीलाई जवाफ दिदै कांग्रेसले नै माओवादीलाई देशको राजनीतिमा स्थापित गराएको विर्सेको टिप्पणी गर्नुभयो ।

लेखकले संसदमा भएको गतिबिधि संसदीय मुल्य र मान्यता विपरित भएको बताउदै आफूहरु यसको विरुद्ध लड्ने स्पष्ट पार्नुभयो। उहाँले कांग्रेसलाई कुनै किसिमको चेतावनी दिन बन्द गर्न सुझाव दिँदै लेखकले कांग्रेस कसैसँग डराउने पार्टी नभएको बताउनुभयो ।

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ७ : ०२ बजे