साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

एमाले भक्तपुरको अध्यक्षमा पुनः देउजा 

भक्तपुर, जेठ ६ । नेकपा एमाले भक्तपुरको अध्यक्षमा बचनबहादुर देउजा निर्वाचित हुनुभएको छ । नवौँ जिल्ला अधिवेशन अन्तर्गत भएको निर्वाचनको आज बिहान सम्पन्न मतगणना परिणामअनुसार देउजा ८९ मतको अन्तरमा अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अधिवेशनमा देउजाले प्रतिस्पर्धी मोहनवीर श्रेष्ठलाई पराजित गर्नुभएको हो । देउवाले २९० मत र श्रेष्ठले २०१ मत पाउनु भएको छ । देउजा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो । यस्तै उपाध्यक्षमा किरण थापा, सचिवमा विष्णु लामा, उपसचिवमा सानुकाजी कायस्थ र उत्तरा नेपाल निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षमा विजयी बागमती प्रदेश सांसद किरणले सूर्यबिनायक नगरपालिकाका मेयर वासुदेव थापालाई पराजित गर्नुभएको हो । किरणले २६२ मत पाउँदा पराजित वासुदेवले २२९ मत पाउनु भएको छ ।

यस्तै सचिवमा विजयी तामाङले २७५ मत पाउँदा शम्भुप्रसाद दाहालले २१६ मत, उपसचिवमा विजयी उत्तराले २१८ मत पाउँदा पराजित सुचित्रा श्रेष्ठ प्रधानाङ्गले २०७ मत र जुना बस्नेतले ६६ मत पाउनु भएको छ ।

यस्तै उपसचिव खुलातर्फ विजयी सानुकाजी कायस्थले २५४ मतसहित विजयी बन्दा राजकुमार जोशीले २३७ मत पाउनु भएको छ । भक्तपुरमा खुल्ला सदस्यतर्फ पनि निर्वाचन भएको छ 

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  ३ : ५८ बजे