‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेसलाई आजको हर्कत महंगो पर्ने चेतावनी दिनुभएको छ ।

आज प्रतिनिधिसभामा विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले काँग्रेसले संविधान अनुसार विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उहादहारण प्रस्तुत गरेको र काँग्रेसको लागि मूल्य चर्को पर्ने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, तपाईहरूल आज बहुत गलत गर्नुभयो भन्ने लागेको छ । नेपालको इतिहासमा जुन प्रधानमन्त्रीले तपाईलाई पटक पटक साथ दियो । यो पटक पनि जुन प्रधानमनत्रीले तपाईलाई संवाद र सहमतिको बाटोमा ल्याउन मिहेनत ग¥यो । त्यसलाई संविधान अनुसार विश्वासको मत लिन नदिएर तपाईहरूले इतिहासमा नराम्रो उहादहारण प्रस्तुत गर्नुभयो । म त्यसको निम्ति दुःख व्यक्त गर्न चाहान्छु । नेपाली काँग्रेसको लागि मूल्य चर्को पर्नेछ । आजको यो गतिविधी नेपालको इतिहासमा राम्रैसँग स्थापित हुनेछ, कलंकको रूपमा ।,’

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १ : ०१ बजे