‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

लामिछानेको भाषण  संसद्को रेकर्डबाट हटाउन काँग्रेसको नयाँ  शर्त ,नाराबाजीबीच बैठक संचालन

काठमाडौँ । उप तथा गृहमन्त्री रवि लामिछाने ले आइतबार संसद्मा  गरेको भाषण रेकर्डबाट हटाउन  प्रमुख प्रतिपक्ष काँग्रेसले नयाँ शर्त अगाडि सारेको छ। सोमबार बिहान बसेको सो पार्टीको संसदीय दलको बैठकले  यस्तो शर्त अगाडि सरेको हो। 

सहकारी ठगी प्रकरणमा लामिछानेको संलग्न रहेको आरोप लगाउदै काँग्रेसले संसदीय छानबिन समिति गठनको माग  गर्दै संसदमा अवरोध गर्दै आइरहेको छ। 

सोमबार  पनि प्रधानमन्त्री पुष्पकमल दाहालले  विश्वासको मत लिने कार्यसूची रहेको बैठकमा नेपाली काँग्रेसले अवरोध गरेको छ। अवरोधका कारण काय सूची अनुसार संसद्को बैठक अगाडि बस्न सकेको छैन। 

सोमबार बैठक सुरु हुन साथ प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रतिनिधि सभाको बैठकमा अवरोध गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठक पनि काँग्रेसले अवरोध गरेको हो ।

काँग्रेसका सांसदहरू अहिले उठेर रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरिरहेका छन्।

काँग्रेसले आजको बैठकमा बोल्न माग गरेका थिए, तर सभामुख देवराज घिमिरेले विशेष र शून्य समय नगरेको भन्दै कार्यसूची अगाडि बढाएपछि काँग्रेसले बेल घेराउ गरेको हो।

प्रधानमन्त्रीले लिने विश्वासको मतको पक्षमा १ सय कम्तीमा ४ भन्दा बढी सङ्ख्या पुग्ने भएको छ। एमालेको ७८, माओवादीको ३२ , रास्वपाको २१ । जनमतको ६  नेकपा एसको १० र  जसपाको ७ मत प्रधानमन्त्रीलाई विश्वासको मत दिने पक्षमा देखिएको छ। 

सभामुखले अन्य कार्यसूची हटाएर प्रधानमन्त्रीले विश्वासको मत लिने वातावरण बनाइदिन आग्रह गरिरहेका छन्।

 

 

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १२ : २८ बजे