‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

कार्यदल बन्यो, बैठक अनिश्चित

काठमाडौँ । कानु नमन्त्री पदम गिरी नेतृत्वमा रहेको कार्यदलको बैठक अनिश्चित बनेको छ । गृहमन्त्री रवि लामिछानेको सम्बोधनलगत्तै बस्ने भनिएको बैठक थप अनिश्चित बनेको हो ।  कार्यदलमा व्यक्तिको नाम किटान गर्ने र नगर्ने विषयमा सहमति नहुँदा  बैठक अनिश्चित बनेको बताएको छ। 

सोमबारै  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी भएको हुनाले त्यसअघि आआफ्नो रणनीति तय गर्न कांग्रेस र रास्वपाको संसदीय दलको बैठक बस्न लागेको छ । कार्यदलमा सहमति हुन नसकेका विषय पनि दलको बैठकमा छलफल हुन सक्ने र कार्यदल सदस्यले जानकारी गराउने तयारी भएको बताइएको छ ।

छानबिन समितिको कार्यादेश निर्माणका लागि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहजीकरण गर्ने र सबै दलका नेता बसेर त्यसलाई मूर्तरुप दिनेसहमति भएको थियो  ।

गिरिको संयोजकत्वमा कांग्रेस सहमहामन्त्री जीवन परिवार, एमाले प्रमुख सचेतक महेश बर्तौला र राष्ट्रिय स्वजतन्त्र पार्टीका सांसद शिशिर खनाल सम्मिलित कार्यदल गठन भएको थियो  ।

 

 

प्रकाशित मिति : ७ जेष्ठ २०८१, सोमबार  १० : ४५ बजे