‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

एक सय ६० किलोग्राम गाँजासहित एक जना पक्राउ

धनकुटा । धनकुटाको सहिदभूमी गाउँपालिका-४ खोकुबाट अवैध लागूऔषध गाँजा १ सय ६० किलोग्रामसहित सोही ठाउँ बस्ने २७ वर्षीय युगेन राईलाई प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको प्रहरीले खोकुबाट पिप्लेतर्फ जाँदै गरेको प्र.१-०२-००२ च ६५६१ नम्बरको बलेरोलाई जाँच गर्ने क्रममा १२ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक युगेनलाई पक्राउ गरेको हो । 

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  ३ : ५६ बजे