दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

कार्यादेश टुंग्याउन सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यदल बैठक जारी

काठमाडौं । सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेश टुंग्याउन गठित कार्यदलको बैठक जारी छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बैठक बसिरहेको हो ।

कानूनमन्त्री पदम गिरीको संयोजकत्वमा गठित कार्यदलमा एमालेका महेश बर्तौला, कांग्रेसका जीवन परियार र रास्वपाका शिशिर खनाल रहनुभएकाे छ । बैठककै बीच कांग्रेस सांसद ज्ञानेन्द्र कार्कीपनि बैठकमा सहभागी हुनुभएको छ ।

टीओआर कार्यदलको जारी बैठकमा समितिले गर्ने छानवीनका सन्दर्भमा कार्यादेश बनाउने जिम्मा पाएको छ । कार्यदलले आज कार्यादेश बनाउनेछ ।

सत्तापक्ष र प्रतिपक्षका शीर्ष नेताहरु शनिबार सहकारी प्रकरणसम्बन्धी संसदीय छानबिन समिति बनाउन सहमत हुनुभएको थियो । कांग्रेसले सहकारी प्रकरणको छानबिन गर्न संसदीय समिति गठन गर्न माग गर्दै राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठकमा निरन्तर अवरोध गर्दै आइरहेका थियो । संसदीय छानबिन समिति बनाउने सहमतिसँगै आजदेखि संसद् कार्यसूचीमा प्रवेश गर्ने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०८१, आइतबार  १० : ५७ बजे