‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

रामेछापमा कांग्रेस–कांग्रेसबीच कुटाकुट, नेताहरु लखेटिए, केही रक्ताम्मे,केहीलाई प्रहरीको सुरक्षा

रामेछाप । रामेछापमा नेपाली कांग्रेसको भातृ संगठन आदिवासी जनजाति महासंघको जिल्ला अधिवेशनमा आसन ग्रहणका क्रममा विवाद हुँदा कुटकुट र भागदौँड मच्चिएको छ । 

ढुंगामुढासमेत भएकाे घटनामा केही नेता कुटिएका छन् भने केही नेतालाई कार्यकर्ताहरुले लखेटेकाे खबर  छ ।

खाँडादेवी गाउँपालिका वडा नम्बर ८ स्थित गाल्बा बजारमा शनिवार आयोजित जनजाति महासंघको प्रथम जिल्ला अधिवेशन उद्घाटन सत्रमै झडप भएपछि जिल्ला अधिवेशन स्थगित पनि भएको छ ।
कार्यक्रमबाट  भागेका केही नेता हेलिकोप्टर मगाएर काठमाडौं फर्किदैछन् भने सांसद तथा जिल्ला सभापति कान्छाराम तामाङलाई प्रहरीले सुरक्षितरुपमा मन्थली लगेको छ ।कार्यक्रममा कुटपिटबाट काग्रेंसनेताहरु  जितवहादुर मगर र बेनवहादुर तामाङ घाइते भएका छन् ।

मगर २०७४ सालको निर्वाचनमा प्रदेश सभा सदस्यका उम्मेदवार थिए भने हाल कांग्रेस वागमती प्रदेश सदस्य हुन् । कार्यकर्तालाई भेदभाव गरेको आरोप लगाउँदै महाधिवेशन प्रतिनिधि भरत चौलागाई र जिल्ला कार्य समितिका उपसभापति नवराज थोकरलाई आक्रोशित कार्यकर्ताले गाल्बाबाट लखेटेका हुन् ।

कुटाइबाट केही नेता रक्तामत्य भएका छन् । चौलागाई र थोकरप्रति पहिलेदेखि नै कार्यकर्ता असन्तुष्ट रहेको र लोकप्रिय व्यक्तिलाई नेतृत्व नस्वीकार्ने भनेपछि विवाद बढेको बताइन्छ । 

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ५ : २९ बजे