राजनीतिमा युवा विचार गोष्ठी आयोजना,तीन युवा नेता सहित अध्यक्ष ओलीले सम्बोधन गर्नुहुने

काठमाडौं । नेकपा एमाले कोशी प्रदेश समन्वय कमिटीले आज युवा बिचार गोष्ठी आयोजना गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रममा तीनजना युवा नेताहरुले आफ्नो मन्तव्य राख्नुहुने छ । जसमा एमाले संसदीय दलका प्रमुख सचेतक महेश बर्तौला,प्रतिनिधीसभा सदस्य सुहाङ नेम्वाङ र काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले राजनीति र युवा नेतृत्वको विषयमा आफ्ना धारणा राख्नु हुनेछ । 

प्रदेश समन्वय कमिटीका सचिव इन्द्र भण्डारीका अनुसार अध्यक्ष ओलीले नेपाली राजनीतिमा युवा विषयमा प्रवचन दिनुहुनेछ । तीनकुने स्थित रोयल व्यांक्वेटमा आयोजना गरिएको कार्यक्रम दिउसो १२ बजेबाट सुरु हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ९ : ४८ बजे