दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

चार एसएसपीलाई डिआइजीमा बढुवा सिफारिस

काठमाडौँ । नेपाल प्रहरीका चार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)लाई प्रहरी नायब महानिरीक्षक (डिआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ ।
      
गृह मन्त्रालयको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार एसएसपीलाई डिआइजीमा बढुवा गर्न सिफारिस गरेको हो । प्रहरी नियमावली २०७१ ९संशोधनसहित० को नियम २७ को उपनियम ९४० अनुसार बढुवाका लागि सिफारिस गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
      
डिआइजी बढुवा सिफारिसमा पर्नेमा कृष्णहरि शर्मा, दानबहादुर कार्की, डा मनोजकुमार केसी र राजन अधिकारी हुनुहुन्छ । 

प्रकाशित मिति : ५ जेष्ठ २०८१, शनिबार  ९ : ३३ बजे