काँग्रेसले जे भन्छ त्यो मान्नुपर्छ भन्ने हुँदैन : केपी ओली

पर्सा। नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले सरकारबाट हट्नु पर्दाको पीडा सदनमा पोखिरहेको बताउनुभएको छ ।

एमाले पर्साको नवनिर्वाचित जिल्ला कमिटीका पदाधिकारी र सदस्यहरुको शपथ ग्रहण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै कांग्रेसले माने पनि नमाने पनि १५ गतेभित्र नीति तथा कार्यक्रम पारित गरेर बजेट ल्याएरै छाड्ने बताउनु भएको हो ।

काँग्रेसले जे-जे भन्छ त्यो मान्नुपर्ने नहुने उहाँको भनाइ छ । अध्यक्ष ओलीले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि आरोप लगाएर बोल्न नदिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

यसैबीच अध्यक्ष ओलीले आजै बाराको प्रसौनी गाउँपालिकाको नवनिर्मित प्रशासनिक भवनको उदघाटन पनि गर्नुभएको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १० : १२ बजे