साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

गणेश उप्रेतीको ‘सँगै जिउने मर्ने कसम’  यूटुबबाट सार्वजनिक   

काठमाडौं ।  अहिलेको लोकप्रिय  गायिका मुना ठटालको  सुमधुर आवाजमा सजिएको गीत “सँगै जिउने मर्ने कसम” गीतको  लिरिकल भिडियो  सार्वजनिक भएको छ ।

करुणा कँडेलको निर्माण रहेको उक्त लिरिकल भिडियो एरीना इन्टरटेन्टमेन्ट यूटुब च्यानलमार्फत  शुक्रवार सार्वजनिक गरिएको हो । गणेश उप्रेतीको शब्द रहेको गीतमा  सङ्गीत संयोजन न्हुछे महर्जनले गरेका हुन् ।

 

रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा गायन  तर्फ तेस्रो स्थान हासिल गर्न सफल यो गीतले दर्शकको मन अत्यधिक जित्ने विश्वास उनीहरूको छ । एक दशकदेखि गीत सङ्गीतमा क्रियाशील रहेका गणेश उप्रेतीको ‘तिम्रो दिलको’,‘लगन जुरेर’, ‘लाइदेऊ माया’, ‘नजर को गुलेली’ जस्ता चर्चित  गीतहरू यस अघि नै सार्वजनिक भैसकेका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  २ : ०४ बजे