राष्ट्रियसभामा कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौं  । राष्ट्रिय सभा बैठकमा नेपाली कांग्रेसले अवरोध जनाएको छ। काँग्रेसले विरोध जनाएपछि बैठक आइतबार अपरान्ह १ बजेर १५ मिनेटका लागि स्थगित भएको छ।

बैठक सुरू हुनेवित्तिकै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रसका सांसद सिटबाट उठेर विरोध जनाएका हुन्। सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री लामिछानेमाथि अनुसन्धान गर्न संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले संघीय सदनका दुवै बैठक अवरोध जनाउँदै आएको छ।

प्रकाशित मिति : ४ जेष्ठ २०८१, शुक्रबार  १ : ५० बजे