साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

सुनसरीमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली

काठमाडौं।​​​​​​​ सुनसरीमा लागुऔषध कारोबारीमाथि प्रहरीले गोली चलाएको छ। 

​​​​​​​रामधुनी नगरपालिका-६ मा लागूऔषध कारोबारीलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको हो।

दुई जनालाई लागूऔषधसहित पक्राउ गरिएको र एक जना भाग्ने क्रममा दुई राउन्ड गोली चलाइएको प्रहरीले जनाएको छ। लागूऔषध नियन्त्रण ब्यूरो, कोटेश्वरबाट वरिष्ठ नायब निरीक्षक सइ बालकृष्ण सञ्जेल नेतृत्वको टोलीले गोली चलाएको हो।

पक्राउ पर्नेको नाम खुलेको छैन । गोली प्रहारबाट उनी घाइते भएका छन् । उनको घुँडामुनि गोली लागेको छ ।

 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ८ : २२ बजे