मिसन ८४ मा एमालेले गोल हान्ने अध्यक्ष ओलीको उद्घोष (भिडियोसहित)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मिसन ८४ मा एमालेले गोल हान्ने बताउनुभयो ।

३१औं मदन-आश्रित स्मृति दिवसका अवसरमा बिहीबार बल्खुस्थित मदननगरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले फुटबल खेलमा खेलाडीले हानेको बल मैदान बाहिर जानसक्ने तर नेकपा एमालेको त्यसरी नचुक्ने र गोल नै हान्ने गरी अगाडि बढेको बताउनुभयो ।

उहाँले जननेता मदन भण्डारी र नेता जीवराज आश्रितलाई स्मरण गर्दै आफूहरू उहाँकै प्रेरणाको आधारमा अघि बढेको बताउनुभयो । अध्यक्ष ओलीले मदन भण्डारीजस्ता अग्रजहरुको स्पष्ट भिजन र स्ट्यान्डबाट प्रशिक्षित भएकाले आफूहरु सुद‍ृढ ढंगले अघि बढिरहेको भनाई राख्नुभयो ।

कार्यक्रममा उहाँले भारतीय नाकाबन्दीको समेत चर्चा उल्लेख गर्नुभयो । नेपालीहरू दु:ख पर्दा पनि घुँडा नटेक्ने बानी रहेको भन्दै यसको मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

 

 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ५ : २५ बजे