पूर्व राष्ट्रपति भण्डारी सहित शीर्ष नेताहरुद्धारा मदन –आश्रितप्रति श्रद्धाञ्जली 

काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी सहित  शीर्ष नेताहरुले  जननेता मदन भण्डारीको सालिकमा माल्यार्पणसहित श्रद्धाञ्जली अर्पण गर्नुभएको छ।  ।३१ औँ मदन(आश्रित स्मृति दिवसको अवसरमा बिहीबार बिहान बल्खुस्थित मदन नगरमा पुगी श्रद्धाञ्जली अर्पण गर्नुभएको हो  ।

स्मृति सभामा पूर्व राष्ट्रपति भण्डारीसहित नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष युवाराज ज्ञवाली, महासचिव शङ्कर पोखरेल, उपमहासचिव द्वय प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङसहितका नेताहरूको उपस्थिति रहेको थियो ।

उपस्थित नेता र कार्यकर्ताहरुले मदन(आश्रितको सालिकमा माल्यार्पण गर्नुका साथै श्रद्धाञ्जली अर्पण गर्दै स्मरण गरेका थिए ।  नेकपा एमाले का  तत्कालीन महासचिव मदन भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रितको २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।

सोही दिनको स्मरणमा नेकपा (एमाले) ले हरेक वर्ष जेठ ३ गते विविध कार्यक्रम गर्दै आएको छ । मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद ‘जबज’ को सिद्धान्त नेपालको कम्युनिष्ट आन्दोलनमा पृथक्  र लोकप्रिय मानिन्छ ।

मदन–आश्रितको सम्झनामा नेकपा एमालेले हरेक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ । 

 

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ११ : १९ बजे