साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

हार्दिक श्रद्धाञ्जली मदन-आश्रित

किन फर्किरहन्छ त्यो उज्जन्ड ज्येष्ठ तीन
मदन-आश्रित निलिदिने अघोरी कालोदिन
नवीन सिद्धान्तका प्रणेता मारिएको दिन
बहुदलीय जनवादका सूत्र अस्ताएको दिन

मुक्तिको दियो ध्याप्पै मार्ने निस्ठुरी दिन
आशा र विश्वासका नेता गुल्ट्याउने दिन
संसारभरका जनवादी सारा मुर्छाएको दिन
मुक्तिकामी जनलाई धुरुधुरु रुवाउने दिन

भक्कानो फुटेर आँशुभेल मडारिएको दिन
आङ सिरिङ्ङ बनाइदिने अभिशप्त दुर्दिन
गगनमा कालोबादल मेहेरिएको त्यो दिन
देशैभरि आक्रन्दन फैलाइदिने त्यो कुदिन

लाखौँलाख मनको त्यान्द्रो चुँडिएको दिन
कम्युनिष्ट आन्दोलन टुहुरो बनाउने दिन
हत्यारा नठिंग्याई फर्किरहन्छ पापी किन
माउरो बस्न लागेको चोट फेरि बल्झाउन

                                        – २०७७/०२/०३

प्रकाशित मिति : ३ जेष्ठ २०८१, बिहिबार  ९ : ०२ बजे