साफ यू–१७ च्याम्पियनसिप आजदेखि

सन्दीपको मुद्दाको सुनुवाइ सकियो, फैसला आउँदै

काठमाडौँ । सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ सकिएको छ ।  उच्च अदालत पाटनमा मङ्गलवार वाट सुरु भएको बहस बुधबार अपराह्नमा सकिएको हो ।

मंगलबार न्यायाधीशद्धय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेतीको इजलासमा बहस नसकिएपछि मुद्दा अन्तिम समयमा ‘हेर्दाहेर्दै ’राखिएको थियो । मंगलबार बाँकी रहेको बहस बुधबार निरन्तर भएको थियो । बुधबार सन्दीपका कानुन व्यवसायीले जवाफ दिएलगत्तै बहस सकिएको हो ।

बहस सकिएपछि न्यायाधीशहरू फैसलाको तयारीमा लागेका छन् । उनीहरू बहसका क्रममा उठेको काठमाडौँको होटलको सिसिटिभी फुटेज पनि हेरिसकेका छन् ।

सरकारी पक्षले लामिछाने र पीडित गौशाला २६ बसेको भनिएको होटलको सिसिटिभी फुटेज पनि पेस गरेको थियो ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ४ : ५० बजे