संसद्‌को गरिमामय समय काँग्रेसको कुण्ठामा खेर फाल्नु हुदैनः ओली 

काठमाडौँ। एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्‌को गरिमामय समय काँग्रेसको कुण्ठामा खेर फाल्न नहुने बताउनुभएको छ।  ।एमाले संसदीय दलको बुधबारको बैठकमा सम्बोधन गर्दै  ओलीले यस्तो बताउनुभएको हो । 

संसद सुचारु गराउनु पर्छ । हामी सुचारु गर्ने पक्षमा छौँ । कहीँ कतै अभियोजन छ भने अभियोजन चलाउने ठाउँबाट चल्ला । अनि काँग्रेसले नै अभियोजन चलाई हाल्ने र  काँग्रेसले नै फैसला पनि ठोकी हाल्ने ?  प्रमाणित भ्रष्टाचारी ल्याएर, काँग्रेसका धेरै मान्छेका जन्म कुण्डली हामीलाई थाहा छ । त्यति भन्छु’ ओलीले   भन्नुभयो । 

अर्को एक सन्दर्भमा  ओलीले गिरीबन्धु टी(स्टेटको जमिन काँग्रेसले नै कमिसन खाएर बेच्न दिएको आरोप लगाउनुभयो । काँग्रेसले नै गिरीबन्धु टी(स्टेटको ७० बिघा जग्गा कमिसन खाएर बेच्यो  ओलीले भन्नुभयो

काँग्रेसले टिस्टेटबारे उठाइरहेको कुरा बकबासु रहेको उल्लेख गर्नुभयो । ‘म भन्न चाहन्छु–५१ बिघा र १९ बिघा गरेर ७० बिघा जमिन त्यही गिरीबन्धु टी स्टेटको कमिसन खाएको बेच्न दिएको कुरा । यसमा छानबिन हुनुपर्छ । अब हामी नेपाली काँग्रेसले बकवास बोलिरहने र हामी चुप लागेर सुनिरहने होइन ।ु ओलीले भन्नुभयो । 

उहाँले  काँग्रेसका बद्मासीहरुको बारेमा पनि कुरा उठाउने भन्दै सांसदहरूलाई त्यस्ता कुरा उठाउन निर्देशन दिनुभयो  ।‘हामी कुरा उठाउँछौं । हामीले सुनिरहनुपर्ने, काँग्रेस कराई रहनुपर्ने हुन्छ ,  पार्लियामेन्ट भनेको त्यही हो ।  हामी सुनिरहने, काँग्रेस कराई रहने ।  यो चल्दैन ओलीले भन्नुभयो अब काँग्रेसका बकवास सुनिरहन हामी तयार छैनौँ ।’ चाहिने कुरा गरे हुन्छ नि त । एउटा प्रसङ्गमा कुरा चल्या छ । त्यो प्रसङ्गमा कुरा गरे हुन्छ । यतै टोक्या छ, उतै टोक्या छ, यता भुकेको छ, उता भुकेको छ । के तरिका हो यो रु र दुनियाँलाई थाहा छ  ओलीले भन्नुभयो । 

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ३ : ५८ बजे