काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ।
बुधवार मध्यान्ह नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा बैठक सुरु भएको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरुलाई सम्बोधन गर्नुहुनेछ ।
आजको संसदीय दलको बैठकमा एमाले महासचिव शंकर पोखरेल र पूर्व अर्थमन्त्री डा.युवराज खतिवडा पनि सहभागी हुनुहुन्छ।
सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले २०८१ वैशाख १ गते मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेश गर्नुभएको थियो ।
उक्त नीति तथा कार्यक्रममाथि ६ दिनसम्म छलफल गरेर ९ जेठमा पारित गर्ने गरी संघीय संसद सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ।
प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार १ : ५९ बजे
प्रतिक्रिया