सभामुख घिमिरे र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नुभएको छ । 

प्रतिपक्षीको अवरोधका कारण मंगलबार संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित नभएको विषयलाई लिएर सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसँग छलफल गर्नुभएको हो ।  

नीति तथा कार्यक्रम पेश हुनुअघि कम्तिमा धन्यवाद प्रस्ताव पारित गर्न, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त पत्र र अध्यादेश पेस गर्न हिजो कार्यव्यवस्था बैठक र प्रमुख सचेतकहरुसँगको बैठकमा उहाँले ध्यानाकर्षष गराउनुभएको थियो । 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले अवरुद्ध गर्दै आएको सदन हिजो राष्ट्रपतिले नीति तथा कार्याक्रम सार्वजनिक गर्न दिएका थिए । त्यसलगतै विरोध जनाएका थिए । सोही कारण संसदबाट राष्ट्रपतिलाई धन्यवाद प्रस्तावसमेत पारित हुन सकेन ।

धन्यवाद प्रस्ताव पास नभएसँगै सभामुखले यस्लाई गम्भीररुपमा लिँदै प्रधानमन्त्री दाहालसँग छलफल गर्नुभएको हो । प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भएको छलफल अझै जारी छ ।

संसद बैठक भोली बस्दैछ ।

प्रकाशित मिति : २ जेष्ठ २०८१, बुधबार  ९ : ०२ बजे