दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

सरकारले ल्यायो ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर’ कार्यक्रम

काठमाडौं । सरकारले 'प्रधानमन्त्री छोरी आत्मनिर्भर' कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

मंगलबार आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले महिलालाई आर्थिकरूपमा सक्षम, सवल बनाउन उक्त कार्यक्रम सञ्चालन गर्ने जानकारी दिए ।

त्यसपछि राष्ट्रपतिले अरू कार्यक्रम वाचन गर्दा संसद्‌मा हाँसो गुन्जियो ।

नीति तथा कार्यक्रममा बालबालिकामाथिको दुर्व्यवहार, महिला हिंसा, मानव बेचबिखनलगायतका छुवाछूत, लागूपदार्थ दुर्व्यसन, छाउपडी, दाइजोजस्ता सामाजिक विकृति अन्त्य गरिने उल्लेख छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८१, मंगलबार  ४ : ४२ बजे