काठमाडौँ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ ।
उहाँले आफ्नो पार्टी विभाजन गरी गएका नेताहरूले गठन गरेको नयाँ पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय खारेजको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गर्नुभएको हो ।
उहाँले नयाँ पार्टी अवैधानिक भन्दै सो पार्टीलाई मान्यता दिने निर्वाचन आयोगको निर्णय बदर गर्न अन्तरिम आदेश माग गर्नुभएको छ ।
सर्वोच्चले पेशी तारेखका लागि जेठ २ गते अदालतमा हाजिर हुन भनेको छ । उहाँ अमेरिका रहँदा जसपाका वरिष्ठ नेता अशोक राईले ७ जना सांसदलाई लिएर जनता समाजवादी पार्टी गठन गर्नुभएको थियाे ।
प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ४ : १४ बजे
प्रतिक्रिया