काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत पाउनुभएको छ। ६२ जना प्रदेशसभा सदस्य उपस्थित बैठकबाट उहाँले ५७ मत पाउनुभएको हो । ५ सदस्य भने जना भने तटस्थ बसे ।
संविधानको धारा १६८ (५) अन्तरगत वैशाख २७ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएका मुख्यमन्त्रीलाई एमालेका उप सभामुख सहित ४० माओवादीका १३ एकीकृत समाजवादीका ३ र जसपा नेपालका १ जना प्रदेशसभा सदस्यले विश्वासको मत दिए ।
उहाँले यसअघि प्रदेश सभाको आजको बैठकमा संविधानको धारा १६८ (४) बमोजिम विश्वासको मतको प्रस्ताव पेस गर्नुभएको थियो ।
प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार ३ : ४२ बजे
प्रतिक्रिया