‘एउटै नाउरको सिकार गर्न २३ लाख’

थप १ हजार ६६७ जनामा कोरोनाको सङ्क्रमण, ११ जनाको मृत्यु

काठमाडौं – पछिल्लो २४ घण्टामा थप १ हजार ६६७  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्रमितहरुको संख्या २ लाख ८७ हजार ५६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा पछिल्लो २४ घण्टामा २५१ जना संक्रमित निको भएका छन्। हालसम्म २ लाख ७५ हजार ८०६ जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

नेपालमा आज अपरान्हसम्म सक्रिय संक्रमितको संख्या ८ हजार ६५९ जना रहेको छ ।  कोरोना भाइरसको संक्रमणबाट थप ११ जनाको  मृत्यु भएको छ भने हालसम्म कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १०२ पुगेको छ ।

प्रकाशित मिति : ७ बैशाख २०७८, मंगलबार  ५ : ४४ बजे