काठमाडौँ। मधेसमा एमाले माओवादी बाहेकको समीकरणको प्रयास भएको छ। एमाले माओवादीका दलहरू मिलेर सरकार बनाउने सहमति भएको स्रोतले बतायो।
जसपाका मुख्यमन्त्री सरोजकुमार यादवको नेतृत्वको सरकारबाट आइतबार मात्रै एमाले र माओवादी फिर्ता भएका थिए। ती दुवै पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएर बाहिरिएका थिए।
आइतबार मात्रै एमाले, माओवादी, जनमत , र लोसपाबीच सरकार बनाउने सहमति भए पनि सोमबार अचानक उल्टिएको छ। केही बेर अगाडि मात्र जसपा नेतृत्वमा सरकार बनाउन काँग्रेस, लोसपा , नेकपा एस लगायतका दलबीच सहमति भएको स्रोतले बतायो।
गठबन्धनमा काँग्रेसका २३, जसपाका १९ लोसपाका ७ जनमतका १३ सांसद छन्। १सय १० प्रदेशसभामा बहुमतका लागि ५६ सांसदको आवश्यकता पर्छ ।
प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार १२ : ५० बजे
प्रतिक्रिया