सरकारको नीति तथा कार्यक्रम अन्योलमा, परामर्शमा सभामुख

काठमाडौँ । मंगलबार संसदकाे संयुक्त बैठकमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रम कांग्रेसको अवरोधका कारण अन्योलमा परेको छ ।

नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गर्ने अडान कायम राखेपछि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने विषय अन्योलमा परेको हो ।

यसैबीच सभामुख देवराज घिमिरेले चितवनमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालसँग फोन वार्ता गरी सरकारको नीति तथा कार्यक्रम सम्बन्धमा छलफल गर्नुभएको छ । उनीहरूबिच राजनीतिक सहमतिका लागि प्रधानमन्त्रीबाट भएका प्रयास र संसदकाे तयारीबारे छलफल भएको उहाँको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्रीले राजनीतिक सहमतिका लागि प्रमुख प्रतिपक्षी दलसँग छलफल भएको जानकारी दिनुभएको थियाे । उहाँले सत्ताघटक दलहरूसँग पनि विपक्षीका मागबारे छलफल भएको र आज साँझसम्म निष्कर्षमा पुगिने उल्लेख गर्नुभयाे ।

प्रधानमन्त्रीले आफू चितवनबाट फर्के लगत्तै संवाद सुरु गर्ने बताउनुभयाे । उहाँले राष्ट्रपतिसँग भएको छलफलबारे पनि सभामुखलाई जानकारी गराउनुभएकाे थियाे ।

सभामुखले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक तथा प्रमुख सचेतकसँग आइतबार गरेको छलफल कुनै निष्कर्षमा पुग्न सक्नुभएकाे थिएन । 

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ११ : ३३ बजे