काठमाडौं । मधेश प्रदेशमा नेकपा (एमाले) को नेतृत्वमा सरकार बनाउने सहमति भएको छ ।
मधेश सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएपछि जसपा नेपालको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ । सरकारबाट बाहिरिएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरि छलफल भएको हो ।
एमाले मधेशमा २५ सांसदसहित सबैभन्दा ठूलो दल हो । नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीच सहमति भएको छ ।
१०७ सदस्यीय मधेश प्रदेशमा एमालेको २५, जनमतको १३, माओवादी केन्द्र र लोसपाको ९/९ सिट रहेको छ । चार दलको कुल ५६ सिट रहेपछि सभामुख बाहेक ५५ मत हुने हुनाले बहुमत पुग्ने देखिन्छ ।
प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार ९ : २३ बजे
प्रतिक्रिया