‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ह्यासट्याग बुस्टिङ बुढानीलकण्ठः प्रधानाध्यापकहरू, हिडीरहे तर ,पढाएनन् 

काठमाडौँ ।गएको शनिवार  बुढानीलकण्ठको मन्दिरै माथि मुहान पोखरीमा झन्डै डेढ दर्जन स्कुलका प्रधानाध्यापक (हेडसर) हरू लाइनै उभिए। सधैँ चक डस्टर बोक्ने हातहरू त्यो दिन रित्तै थिए। कसैले रुमाल, कसैले सानो लौरो हातमा लिएका थिए। 

विचित्रको पोसाक थिए उनीहरू। सधैँ टाई र सुटमा देखिने उनीहरू शनिवार भने थरिथरिका पोसमा थिए। कतिले ट्र्याक सुट  लगाएका थिए भने कतिले हाफपाईन्ट र टिसर्ट 

  त्यत्रो सङ्ख्यमा रहेका हेडसरहरू त्यो दिन कुनै पढाइको कुरा गरेनन् । उनीहरू केवल मुहान पोखरीबाट उकालो लागे लस्करै ।  कार्यक्रमको नाम थियो  ‘ प्रधानाध्यापक सँग पदयात्रा’।  झन्डै दुई घण्टाको पदयात्रामा हेडसरहरूले केही पढाएनन् । केवल  पर्यटकीय क्षेत्रको चासो राखेर अवलोकन गरी रहे।

बुढानीलकण्ठ चिनाउन ‘प्रधानाध्यापकसँग पदयात्रा’ नामको अभियानको पालो परेको थियो शनिवार । गएको चैत ३०मा पनि पत्रकारसंग यस्तै पदयात्रा भएको थियो। 

बुढानीलकण्ठको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले शनिवार ‘प्रधानाध्यापकसँग पदयात्रा’ आयोजना गरिएको थियो । पदयात्राको सहजीकरण ‘बुष्टिङ बुढानीलकण्ठ’ नामक अभियानले गरेको थियो । अभियानकर्ता आशीष गुरागाईँले बुढानीलकण्ठलाई चिनाउन नै यो पदयात्रा आयोजना गरेको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, “पदयात्राको यो दोस्रो शृङ्खला हो । आगामी दिनमा पनि गरिराख्ने प्रतिबद्धता व्यक्त गछौँ । हामी बुढानीलकण्ठवासी हौँ जुन हाम्रो घर हो । हाम्रो घरको राम्रो ठाउँहरू देखाउन चाहेको हो । नागरिक स्तरबाट चलेको कार्यक्रम हो ।” 

भक्ति इन्टरनेशनल एकेडेमीका प्रधानाध्यापक नवराज भट्टले बुढानीलकण्ठको प्राकृतिक तथा सांस्कृतिक प्रवर्द्धन हुने उद्देश्य बोकेको यो पदयात्राले शिक्षक हुँदै विद्यार्थीसम्म पनि आफ्नो ठाउँको बारेमा बुझ्न सहयोगी हुने बताउनुभयो ।

त्यसै गरी पदयात्रामा सहभागी बुढानीलकण्ठ नगर प्रहरी प्रमुख रमेशकुमार खतिवडाले यो पदयात्राले घुमघामसँगै आज उपस्थित भएका शिक्षकहरूको एकापसमा चिनाजान सँगै उहाँहरूको अनुभव पनि साटासाट गर्ने मौका मिलेको बताउनुभयो ।

पदयात्रामा सहभागी सरिता निरौलाले यस्ता खालका पदयात्राले एक त एक आपसमा सबैको चिनाजानी हुने र अर्को तर्फ यसका विभिन्न पर्यटकीय स्थलको पनि प्रवर्द्धन हुने बताउनुभयो ।  

बुढानीलकण्ठको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको पदयात्रा बुढानीलकण्ठ मन्दिरबाट सुरु भएर शिवपुरी नागार्जुन राष्ट्रिय  निकुञ्ज हुँदै पदयात्रा डाँडा गाउँसम्म गएर टुङ्गिएको थियो ।

बुस्टिगं बुढानीलकण्ठ ह्यास ट्यागलाई देशविदेशमा स्थापित गरी आन्तरिक एवं बाह्य पर्यटनको विकास गर्ने उद्देश्यले बुस्टिगं बुढानीलकण्ठ प्रधानाध्यापकहरुसंग पदयात्रा कार्यक्रम अनुशासित, मर्यादित एवं उत्पादनमूलक तवरबाट सम्पन्न भएको छ । ९ चरणमा सञ्चालन गरिने अभियानले बुढानीलकण्ठ नगरपालिकाको संस्कृति, पर्यटन र समाजको प्रवर्धन गर्ने उद्देश्यले पद यात्रा कार्यक्रमको आयोजना गरिएको कुरा कार्यक्रम संयोजक पुण्यराज पुडासैनीले जानकारी दिनु भयो । बुढानीलकण्ठ मन्दिरमा भेला भएर पद यात्राका लागि बिहान ८ बजेबाट करिब २५० सहभागीहरू पदयात्रामा सामेल भएका थिए, खप्तड बाबा समाधि स्थल, स्वामी चन्द्रेश आश्रम, शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज, विष्णुमती मुहान, विष्णुद्धार, डाँडा गाउँ सम्मको यात्रा तय भएको थियो । काठमाडौँ उपत्यकाको करिब ६० लाख आन्तरिक पर्यटकलाई  जानकारी दिन तथा देश विदेशमा बुढानीलकण्ठको महत्वलाई विकास र विस्तार गर्न सके यस प्रकारको अभियान थप सार्थक हुने देखिन्छ । यस अभियानलाई बुनपा शिक्षा शाखाले विशेष रूपमा सहयोग गर्नको साथै आगामी दिनका कार्यक्रममा थप सहयोग गरेर जाने प्रतिबद्धता समेत प्रकट गरेको थियो ।

नागरिक स्तरबाट आयोजना गरिएको पदयात्रामा   बुढानीलकण्ठको  नगरपालिकाका १२३ भन्दा बढी सामुदायिक विद्यालयका प्रिन्सिपलहरू, १२५ भन्दा बढी सञ्चार कर्मी गरी २५० भन्दा बढी पदयात्रामा सहभागीहरूलाई तामाग  संस्कृति अनुसार सेतो टीकाले डाँडा गाउँ होमस्टेको तर्फबाट स्वागत गरिएको थियो । स्वादिष्ट होमस्टे परिकारको विशेष व्यवस्था गरिएको कार्यक्रममा सबै सहभागीहरूलाई सम्मान एवं प्रमाणपत्र वितरण गरिएको थियो ।

अभियानको मुख्य प्रायोजन मनासलु वर्ड कलेजले गरेको थियो भने मुख्य प्रायोजकको तर्फबाट मनासलु वर्ल्ड कलेज प्रिन्सिपल राजन श्रेष्ठ धरातलले बुनपाको पर्यटन विकासका लागि पत्रकार तथा शिक्षाकर्मी सँगको सहकार्य र सहयात्राले बुस्टिगं बुढानीलकण्ठको अभियानलाई थप प्रभावकारी बनाएको र आगामी दिनमा अझ प्रभावकारी बनाएर जानुपर्नेमा विशेष जोड दिँदै सम्पूर्ण सहयोगको प्रतिबद्धता समेत व्यक्त गर्नु भयो । कार्यक्रमका संयोजक पुण्य राज पुडासैनीले सबै सहभागी तथा प्र मोटर, सपोर्टर तथा सहयोगीहरूलाई आभार तथा धन्यवाद ज्ञापन गर्दै आगामी ज्येष्ठ महिनामा उद्योग वाणिज्य महासङ्घ, नगर कमिटी र सञ्चार कर्मी कर्मीका साथ पदयात्राको तेस्रो चरणको अभियान आयोजना गरिने जानकारी गराउनु भयो ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  १० : ५७ बजे