साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

दाङमा दुई महिलाको हत्या

दाङ । दाङमा बञ्चरो प्रहारबाट दुई जनाको हत्या भएको छ । शनिबार बेलुकी करिब ५ बजे घोराही उपमहानगरपालिका -१० पहेलपारमा स्थानीय ५० वर्षीया जुपली बुढा र सुर्खेत वीरेन्द्रनगर नगरपालिका-२ घर भएकी ४४ वर्षीया संगीता सुनारको बञ्चरो प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय दाङका डीएसपी जनकबहादुर मल्ले जानकारी दिनुभयो ।

प्रहरीले हत्या गरेको आरोपमा रोल्पाको थवाङ गाउँपालिका-२ घर भई घोराही उपमहानगरपालिका-१७ चौघेरामा बसोबास गर्दै आएका ५७ वर्षीय अटो चालक टेकबहादुर घर्तीलाई पक्राउ गरेको केसीले बताउनुभयो ।

दाङ प्रमुख एसपी रामबहादुर केसीका अनुसार  घोराही- १७ का घर्तीले विगत २ वर्षदेखि मृतक जुपलीलाई अटोमा घरमा लग्ने र ल्याउने गर्दै आए का थिए । संगीता जुपलीको घरमा श्रीमानसहित भाडामा बस्दै आएकी थिइन् ।

टेकबहादुरले शनिबार अपरान्ह जुपलीको भान्सा कोठामा दुईको हत्या गरेका हुन् । प्रहरीले टेकबहादुरलाई नियन्त्रणमा लिएर घटना सम्बन्धमा थप अनुसन्धान अघि बढाएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०८१, आइतबार  ७ : १२ बजे