दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु

किमाथाङ्का (सङ्खुवासभा)। सङ्खुवासभामा रहेको विश्वको पाँचौँ अग्लो मकालु हिमाल आरोहण गरी फर्किने क्रममा एक पर्वतारोहीको मृत्यु भएको छ ।  आरोहण गरी फर्किने क्रममा पर्वतारोही सोलुखुम्बु जिल्ला महाकुलुङ गाउँपालिका(४ का ५४ वर्षीय ल्हाक्पा तेञ्जी शेर्पाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक अशोक जबेगुले जानकारी दिनुभयो । 

मकालु हिमाल आरोहण गरी फर्कने क्रममा मकालु गाउँपालिका(२ र ३ को सिमानामा बेपत्ता भएका शेर्पाको शव शुक्रबार दिउँसो मकालु आधार शिविरमा फेला परेको प्रहरी निरीक्षक जबेगुले बताउनुभयो । 

घटनास्थलबाट शेर्पाको शव मुचुल्कापश्चात् सोलुखुम्बु लगिएको उहाँको भनाइ छ । यातायात र सञ्चार सेवा नभएका कारण मकालुक्षेत्र भौगोलिकरुपमा विकट मानिन्छ ।  घटनास्थल सदरमुकाम खाँदबारीदेखि पाँच दिनको पैदल दूरीमा पर्दछ । पर्वतारोही शेर्पाको शव मुचुल्का पछि आजै सोलुखुम्बु लगिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ४ : ०४ बजे