‘नेशनल डे कन्सर्ट’ सम्पन्न

अर्जेन्टिनामा गम्भीर रेल दुर्घटना, ६० जना घाइते

ब्युनस आयर्स । ब्युनस आयर्समा शुक्रबार एउटा यात्रुवाहक रेल मर्मतसम्भार गर्ने रेलसँग ठोक्किँदा घाइते करिब ६० जना घाइते भएका छन् । घाइतेहरूलाई अर्जेन्टिनाको राजधानीको अस्पतालमा पठाएइको छ । घाइतेमध्ये टाउकोमा चोट लागेका दुई जनाको अवस्था गम्भीर रहेको छ ।

दुर्घटना स्थानीय समयानुसार बिहान १०ः३० बजे पालेर्मोको उपनगरमा भएको थियो । सात डिब्बा भएको यात्रुवाहक रेल एक रेलवे पुलको ट्र्याकमा मर्मत गर्ने ट्रेनसँग ठोक्किएको थियो ।

रेलवे कम्पनीले एक विज्ञप्तिमार्फत लोकोमोटिभ र पहिलो यात्रुवाहक डिब्बा पटरीबाट खसेको जानकारी गरायो ।

आपत्कालीन अधिकारीहरूले दुर्घटनापछि ३० जनालाई अस्पताल लगिएको रिपोर्ट गरको बताएका छन् । यद्यपि त्यस सहरका स्वास्थ्य अधिकारीहरूले दिनको अन्त्यमा त्यो सङ्ख्या ५७ पुगेको अपडेट गरेका छन् ।

गम्भीर घाइते दुई जनालाई टाउकोमा चोट लागेको र उनीहरूलाई हेलिकप्टरबाट अस्पताल लगिएको आपत्कालीन सेवा अधिकारी अल्बर्टो क्रिसेन्टीले भन्नुभयो । उहाँले अन्य अधिकांश पीडित शुक्रबार साँझसम्म डिस्चार्ज भइसकेको जानकारी गराउनुभयो । एएफपी

प्रकाशित मिति : २९ बैशाख २०८१, शनिबार  ३ : ४१ बजे