‘आखिर बिरालो म्याउँ गरिछाड्यो’

यार्सा टिप्न पाटन हिडेका एक जनाको लेक लागेर मृत्यु

मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको यार्सा सङ्कलन गर्ने पाटन क्षेत्रमा लेक लागेर एक जनाको मृत्यु भएको छ ।

जुम्ला जिल्ला पातारासी गाउँपालिका ३ का अन्दाजी २६ वर्षीय सुर्ज बहादुर रावतको लेक लागेर बिहीबार  मृत्यु भएको हो   । 

रावत यार्सागुम्बा टिप्न भनी पाटन तर्फ जाँदै गर्दा लेक लागेर बिरामी भएपछि आफन्त साथीहरूले उपचारका लागी पुलु स्वास्थ्य चौकी मुगुमा लाई सामान्य उपचार गराए पछि  थप उपचारका लागि मुगु जिल्ला अस्पताल तर्फ ल्याउँदै गर्दा मुगुम कार्मारोङमा पर्ने रिउस बगर भन्ने स्थानमा मृत्यु भएको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी गराएका छन् ।

मृतक रावतको जिल्ला अस्पतालमा बिहीबारै पोस्टमार्टम भएर लास आफन्तहरुले बुझिसकेको पनि प्रनाउ थापाले बताउनु भयो ।

यार्सा टिप्न जाँदा हाईअल्टिच्युडका कारण लेक लागेर बिरामी हुने र तत्कालै उद्धार तथा औषधी उपचार नहुँदा वर्षेनी यार्सा पाटनहरूमा दर्जन बढी सङ्कलकहरुले  ज्यान गुमाउँदै आएका छन् ।

गत वर्ष मात्र यार्सा टिप्न मुगुका पाटनहरूमा पुगेका ३ जनाको हिउँ पहिरोमा परि मृत्यु भएको थियो ।

यो वर्ष मुगुम कार्मारोङ्ग गाउँपालिकाले आगामी जेठ १५ गतेबाट यार्सा टिप्नका लागि मुगुका २ दर्जन बढी पाटनहरू खुल्ला गर्ने बताएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : १० बजे