साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

१४ वर्षीया बालिका बलात्कार आरोपमा एक पक्राउ

सल्यान  ।  सल्यानमा १४ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । बनगाड कुपिण्डे नगरपालिका ९ जयतपानीका २८ वर्षीय विर बहादुर डाँगी बालिका बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन । 

भान्जी नाता लगाएर विगत लामो समयदेखि पारिवारिक रुपमा उनी बालिकाको घर सल्यान त्रिवेणी गाउँपालिकामा आवतजावत गर्दै आइरहेका थिए ।  

गत वैशाख १७ गते राती सामान किनि ल्याइ दिएको छु भान्जी लिन आउ भनि बोलाई पिडित बस्ने घरदेखि नजिकै रहेको जंंगलमा लगी ललाई फकाई जबरजस्ती करणी गरी उनी फरार भएका थिए । बलात्कार गरेको कुरा कोही कसैलाई भनेमा मारिदिने धम्की समेत डाँगीले दिएको पिडितले सहन नसकेपछि आफन्तलाई बताए पछि आफन्तले प्रहरीलाई जाहेरी दिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो ।

फरार डाँगीलाई त्रिवेणी गाउँपालिका ६ लुहाम बजारबाट पक्राउ गरी सल्यान जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको उहाँको भनाई छ । 
 

प्रकाशित मिति : २८ बैशाख २०८१, शुक्रबार  ७ : ०६ बजे