दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

आर्थिक विकास र राजश्व परिचालनमा विश्वसनीय वातावरण बनाऔँ :  राष्ट्रपति पौडेल 

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले कुनै देशले सहयोग गर्दा हेर्ने भनेको त्यो देशको खर्च र हिसाब प्रणालीको पारदर्शिता नै रहेकाले सो कार्य गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ । बिहीबार काठमाडौँमा नेपाल चार्टड एकाउण्टेन संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले पारदर्शिता हुँदै न तबसम्म देश विकास नहुने बताउनुभयो । देशको आर्थिक विकास र राजश्व परिचालनमा विश्वसनीय वातावरणको अभिवृद्धि यसैबाट हुने बताउँदै उहाँले विकास निर्माणको ठुला खर्चमा प्रयोग हुनसक्ने फर्जी बिल र राजश्व छलीको नियन्त्रण लेखा परीक्षणबाट मात्रै सम्भव हुने बताउनुभयो । 

उहाँले कुनै पनि क्षेत्रमा हुनसक्ने सानादेखि ठुला आर्थिक चुहावट तथा हिनामिना रोक्न यसले मद्दत गर्ने विश्वास व्यक्त गर्नुभयो । उनले हरबखत चनाखो रहेर हिसाब मिलान गर्नु र गराउनु नै लेखा परीक्षणको धर्म रहेको र आफ्नो कर्ममा धर्म नबिर्सिनु नै न्याय भएकाले न्यायोचित ढङ्गबाट कर्म सम्पादन गरिरहनुभएका लेखा परीक्षकहरू राष्ट्रका आर्थिक पहरेदार भएको बताउनुभयो । 

 

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ३ : ५६ बजे