दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

फेरि फुट्यो जसपा, लावतीको नेतृत्वमा मोर्चा घोषणा

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल फेरि अर्काे फुटकाे शिकार भएको छ । अशोक राईको नेतृत्वमा नयाँ दल बनेको साता नबित्दै राजनीतिक समिति सदस्य खगेन्द्र माखिम लगायतको समूह पनि अलग भएको हो ।

माखिम नेतृत्वको सङ्घीय लिम्बुवान पार्टीले २०७४ वैशाखमा जसपासँग एकता गरेको थियो । उनीसहित राजनीतिक र केन्द्रीय समितिका सदस्यहरूले बिहीबार पत्रकार सम्मेलन गरेर प्रा.डा. महेन्द्र लावतीको संयोजकत्वमा पहिचानवादी मोर्चा बनाएको घोषणा गरेका हुन् ।

उहाँले पछिल्लो समय पार्टीको मुख्य नेतृत्व सत्ताको खेलमा लागेको, गैरलोकतान्त्रिक आचरण अवलम्बन गरेको, पहिचानको आन्दोलनमा सक्रिय नभएको आरोप लगाउनुभयो।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ३ : ४० बजे