दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सिटिजन्स बैंकको सञ्चालकमा शर्मा नियुक्त

काठमाडौं । सिटिजन्स बैंकको सञ्चालकमा ईला शर्मा नियुक्त हुनुभएकाे छ ।

कम्पनीको गत बैशाख २६ गते बसेको सञ्चालक समितिको बैठकले सोही दिनदेखि लागू हुने गरि उहाँलाई सञ्चालकमा नियुक्त गरेको हो ।

कानुनमा  विशेषज्ञ अनुभव सँगालेकी शर्मा पूर्व निर्वाचन आयुक्त हुनुहुन्छ । उहाँसँग अन्तर्राष्ट्रिय व्यापार, कानून, जनसम्पर्क, शिक्षा र विकास लगायत क्षेत्रमा साढे ३ दशक काम गरेको अनुभव छ ।उहाँ पूर्व सञ्चारकर्मी समेत हुनुहुन्छ ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  २ : २५ बजे