महाकाली नदी टापुमा फसेका २७ मजदुरकाे उद्धार प्रयास जारी

कञ्चनपुर । कञ्चनपुरको महाकाली नदीमा बहाव बढेपछि नदीजन्य पदार्थ सङ्कलनका लागि गएका १४ वटा ट्याक्टरसहित मजदुर थुनिएका छन् ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार हिजो (बुधबार) साँझ महाकाली नदीमा पानीको बहाव बढेपछि बालुवा, गिट्टी र ढुङ्गा लिन महाकाली टापु पुगेका १४ ट्याक्टरसहित २७ जना चालक र मजदुर टापुमा फसेका हुन् । प्रहरीका अनुसार महाकालीको बीच टापुमा करिब अढाइ-तीन सय स्थानीय नदीजन्य वस्तु सङ्कलनका बेला त्यही टहरा बनाएर बस्ने गरेका छन् ।

सोही क्षेत्रमा अहिले ट्याक्टर र मजदुर बसिरहेको र कुनै जोखिम भने नरहेको प्रहरीले जनाएको छ । फसेकाको उद्धारका लागि पहल गरिए पनि जोखिम नभएकाले टापुमै बसिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०८१, बिहिबार  ९ : ४७ बजे