दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

ऋण लिनको लागि अब अचल सम्पत्ति नचाहिने कानुन आउँदै

काठमाडौँ । अचल सम्पत्ति नभएको कारणबाट बैंक तथा वित्तीय संस्थाबाट ऋण नपाएकाहरूका लागि नयाँ कानुन बनेको छ । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयकमा चल सम्पत्ति राखेर पनि ऋण लिन सक्ने व्यवस्था ल्याइएको हो ।  

सो विधेयक राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले पारित गरेको छ । दफाबार छलफलपछि समितिको सिंहदरबारस्थित आफ्नै सभाहलमा बुधबार  बसेको बैठकले प्रतिवेदनसहितको विधेयक पारित गरेको छ । यो विधेयक राष्ट्रियसभामा पेस हुनेछ ।

पहिलोपटक ०६३ सालमा सुरक्षित कारोबार ऐन आएको थियो । तर, ऐनको प्रभावकारी कार्यान्वयन नभएपछि सरकारले गत ४ चैतमा अर्थ मन्त्रालयमार्फत राष्ट्रियसभामा ऐनको पहिलो संशोधन विधेयकसम्बन्धी प्रस्ताव दर्ता गराएको हो । 

राष्ट्रियसभाले पारित गरेपछि यो विधेयक प्रतिनिधिसभामा पठाएर त्यहाँबाट पारित भई प्रमाणीकरण भएपछि मात्रै कार्यन्वयनमा आउने छ । यो कानुन लागु भए पछी घर, जग्गा नहुनेले पनि आफ्नो चल सम्पत्ति पनि धितो राखेर बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन सक्नेछन् । निजीरूपमा जोडिएका सम्पत्ति,उत्खनन्‌का लागि अनुमतिप्राप्त खनिज पदार्थ, व्यक्तिको कुनै पनि प्रकारको मूर्त वा अमूर्त सम्पत्तिलाई समेत धितो राख्न पाइने भएको हो । 

यो व्यवस्थाले साना तथा घरेलु उद्योग सञ्चालन गर्ने व्यवसायीलाई सहज हुने विश्वास गरिएको छ । 

प्रकाशित मिति : २६ बैशाख २०८१, बुधबार  ६ : ३० बजे