गायिका मेनुकाले राखिन कृत्रिम आँखा, तिलगंगामै भयो अप्रेशन

काठमाडौँ । गायिका मेनुका पौडेलले ‘कस्मेटिक प्रोथेस्टिक’ कृत्रिम आँखा (आइबल) राखेकी छन् । उनले आइतबार तिलगंगा अस्पतालमा कृत्रिम आँखा राखेकी हुन् । 

कृत्रिम आँखाले आँखा देख्न नसकेपनि अरूले हेर्दा राम्रो देखिने उनले बताइन् । अहिले  उनकाे एक आँखामा मात्र कृत्रिम आँखा राखिएको छ । अर्को आँखामा ६ हप्तापछि राखिनेछ । एउटा आँखामा भित्र डल्लो पलाएको कारण अहिले त्यो आँखाको अपरेसन गरेर डल्लो निकालिएको छ । ६ सातापछि त्यसमा पनि आइबल राख्ने मेनुकाले जानकारी दिइन् ।

‘पहिले हेर्दा मलाई ब्लाइन्ड जस्तो देखिन्थ्यो । यो अपरेसन पछि आँखा देख्ने जस्तो देखिन्छ’, मेनुकाले भनिन्,‘दुबैमा राखेपछि कालो चस्मा लगाउनुपर्दैन ।’ मानिसलाई हेरिरहेको जस्तो देखिएपनि आफूले भने देख्न नसक्ने उनले खुलाइन् ।

‘मैले भारतमै यो अपरेसन गर्ने प्लान गरेको थिए ।  भारतमा यो सेवा उपलब्ध छ भने नेपालमा पनि होला भनेर युके जानु अगाडि तिलगांगा गएको थिए’, उनले थपिन्, ‘युकेबाट फर्किएपछि यसको अपरेसन गरे ।’

‘कतिको बुझाई मैले आँखा देख्ने भई भन्ने छ’, उनी भन्छिन्, ‘कतिपय बच्चाहरू दृष्टि विहीनसँग डराउँछन् ।’  ‘अहिले प्रविधिको जमाना हो । आँखा नदेखेपनि आँखा देख्ने जस्तो हुन त पाइयो नि ?’ उनले थपिन् ।

प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार  ६ : ४८ बजे