काठमाडौं । खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा अस्वस्थ भएपछि बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइँदै छ ।
रामेछापको मन्थली ३ मा खानेपानी आयोजना उद्घाटन कार्यक्रममा जाँदै गर्दा उनी बाटोमै खाल्टे भन्ने ठाउँमा पुगेपछि बिरामी भएका हुन् ।
रामेछापको सुनकोशी गाउँपालिकाको खाल्टे भन्ने स्थानमा पुग्दा प्रेसर लो र अक्सिजनको लेभल कम देखिएपछि उनलाई हेलिकप्टरबाट काठमाडौं ल्याउन लागिएको जनाइएको छ ।
प्रकाशित मिति : २५ बैशाख २०८१, मंगलबार १ : ३४ बजे
प्रतिक्रिया