दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

१५ अंकले घट्यो नेप्से परिसूचक, कारोबार २ अर्बमा झर्‍यो

काठमाडौं। सेयर कारोबार साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १५.६२ अंकले घटेर १९५८.७५ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स  ०.९६ प्रतिशतले घटेर ३४७.८० विन्दुमा कायम भएको छ।

यसअघि आइतबार नेप्से २४.५८ अंकले घटेर १९७४.३७ विन्दुमा झरेको थियो। नेप्से दोहोरो अंकले घट्दा कारोबार रकम पनि आइतबारको तुलनामा घटेको छ। 

यसदिन ३१० स्क्रिप्सको ६९ लाख ७८ हजार ३२१ कित्ता सेयर २ अर्ब ८९ करोड १३ लाख १९ हजार ९७९ रुपैयाँमा खरिदबिक्री भए। आइतबार ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार २९६ रुपैयाँमा खरिदबिक्री भएको थियो।

कुनै पनि कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुन सकेन । यसदिन बोटलर्स नेपालको सेयर सर्वाधिक ९.०३ प्रतिशतले बढ्यो। माउन्टेन हाइड्रो पावरको ८.५२,सीवाईसी नेपाल लघुवित्त वित्तीयको ५.१३ ,दिव्याश्वरी हाइड्रोपावरको ४.९२ र बराही हाइड्रोपावर पब्लिकको ४.०५ प्रतिशतले बढ्यो।

सिटीजन लाइफ इन्स्योरेन्स ३१ करोड मूल्य बराबरको सेयर कारोबार गरी शीर्षस्थानमा रह्यो। नेपाल फाइनान्सको १० करोड,पोखरा फाइनान्सको ९ करोड,हिमालयन रिइन्स्योरेन्स गोर्खाज फाइनान्सको ६/६ करोड मूल्य बराबरको सेयर कारोबार भयो।

यसदिन १२ समूहको उपसूचक घट्दा एउटा मात्रै समूहको उपसूचक बढ्यो।  डेभलपमेन्ट बैंकबाहेक अन्य समूहको उपसूचक घटेको हो।कारोबारमा आएका स्टकमध्ये ६२ वटाको मात्रै मूल्य बढयो।  १७७ वटा स्टकको मूल्य घट्दा  ६ वटाको स्थिर रह्यो।

प्रकाशित मिति : २४ बैशाख २०८१, सोमबार  ३ : ५८ बजे